Like us!
Follow us!
Connect us!
Watch us!

मार्काेस जुनियर बने फिलिपिन्सका १७ औँ राष्ट्रपति

अर्थ संसार

विहीबार, १६ असार २०७९, १३ : ५८ मा प्रकाशित

मार्काेस जुनियर बने फिलिपिन्सका १७ औँ राष्ट्रपति

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार राजधानी मनिलामा हजारौँको उपस्थती माझ फिलिपिन्सको १७ औँ राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका छन्। मार्कोस जुनियरले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई निर्वाचनमा पराजित गरेका थिए।


बोङ्बोङ भनेर चिनिने उनी फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन्। फर्डिनान्ड मार्कोसले फिलिपिन्समा दुई दशक शासन गरेका थिए।


सपथ ग्रहण समारोहमा चिनियाँ उपराष्ट्रपति वाङ किशान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग एमहोफ लगायतका विदेशी व्यक्तित्वहरूले उपस्थिति जनाएका थिए।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको