Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलंकाकामा राष्ट्रपतिले दिए पदबाट राजीनामा

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, १० : ३१ मा प्रकाशित

श्रीलंकाकामा राष्ट्रपतिले दिए पदबाट राजीनामा

देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजीनामा दिएका छन् । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि उनी देश छोडेर भाग्न बाध्य भएका थिए ।

श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले त्यही बाट राजीनामा दिएको अन्र्तराष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन । यसअघि उनले १३ जुलाई सम्ममा पदबाट राजीनामा दिने सभामुखलाई बताएका थिए । तर समयसीमा भित्र राजीनामा नदीदा श्रीलंकाको अवस्था तनावग्रस्त बनेको थियो ।

गोटाबाया राजापाक्षको अनुपस्थितिमा बुधबार प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री विक्रमासिंघेले सेना र प्रहरीलाई देशको सुरक्षा स्थिति सम्हाल्न निर्देशन दिएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको