Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलङ्काली राष्ट्रपति राजापाक्षेद्वारा राजीनामा दिने घोषणा

अर्थ संसार

आइतबार, २६ असार २०७९, १० : २५ मा प्रकाशित

श्रीलङ्काली राष्ट्रपति राजापाक्षेद्वारा राजीनामा दिने घोषणा

श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिने घोषणा गरेका छन्। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री दूवै आ आफ्ना भवनहरूमा थिएनन्।

आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार ठूलो संख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजापाक्षेको राजीनामाको माग दोहो¥याएका थिए। 

संसद्का सभामुखले “सत्ताको शान्तिपूर्ण हस्तान्तरणका लागि“ राष्ट्रपतिले राजीनामा दिने निर्णय लिएको जानकारी गराएका छन्। उनले जनतालाई “कानुनको सम्मान“ गर्न पनि आह्वान गरेका छन्।राष्ट्रपति राजापाक्षेले आगामी बुधवार राजीनामा दिने जानकारी गराएका छन्। प्रधानमन्त्री रनिल विक्रमासिङ्गे यस अघिनै राजीनामा दिन सहमत भएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको