Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलंकामा राष्ट्रव्यापी संकटकाल

अर्थ संसार

बुधबार, २९ असार २०७९, १७ : ०३ मा प्रकाशित

श्रीलंकामा राष्ट्रव्यापी संकटकाल

श्रीलंकामा देशव्यापीरूपमा आपतकाल घोषणा गरिएको छ । कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन्। राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टापछि सम्भावित हिंसाबीच संकटकाल घोषणा गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन । 

श्रीलंकामा राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री विक्रमासिंघेको राजीनामाको माग गर्दै राजधानी कोलम्बोमा बिहानैदेखि प्रदर्शन भइरहेका छन्। बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यु पनि लगाइएको छ। यसैबीच, प्रधानमन्त्रीले हिंसात्मक कार्य गर्नेलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको उनको कार्यालयले जनाएको छ।

प्रदर्शनकारी भने संसद्भवन र प्रधानमन्त्रीको कार्यालयतर्फ अघि बढीरहेका छन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको