Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडे

अर्थ संसार

बुधबार, २९ असार २०७९, १४ : २३ मा प्रकाशित

श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडे

श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेर भागेका छन्। ७३ वर्षीय राष्ट्रपति गोटाबाया माल्दिभ्सको राजधानी माले पुगेको जनाईएको छ ।

 राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौँसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ। शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए। उनीसंगै उनका भाइ एंव पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेका छन ।

 राष्ट्रपति भागेपछि प्रदर्शनकारीहरुले खुसीयाली मनाएका छन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको