Like us!
Follow us!
Connect us!
Watch us!

५० खर्ब नाघ्यो निक्षेप संकलन, एकदिनमा ७ अर्बले बढ्दा सिडि रेसियोमा सुधार

अर्थ संसार

विहीबार, १६ असार २०७९, १७ : ५० मा प्रकाशित

५० खर्ब नाघ्यो निक्षेप संकलन, एकदिनमा ७ अर्बले बढ्दा सिडि रेसियोमा सुधार

बैंकहरूको निक्षेप संकलन एकै दिनमा ७ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार असार १५ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असार १४ गते, मंगलबारसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ९७ अर्ब रूपैयाँ रहेको थियो । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ८ अर्बले बढेर ४४ खर्ब १८ अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी पनि २ अर्बले बढेर ४१ खर्ब ७९ अर्ब रूपैयाँमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब ९ अर्बमा पुगेको छ ।

बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.१४ प्रतिशतबाट घटेर ८९.०६ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

62bd91d106b69.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको