Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको लिलामी शेयरको शिलबन्दी खोलियो, कति आयो कटअफ मूल्य ?

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, ०६ : ४८ मा प्रकाशित

समृद्धि फाइनान्सको लिलामी शेयरको शिलबन्दी खोलियो, कति आयो कटअफ मूल्य ?

समृद्धि फाइनान्सले असार १ गते गतेदेखि असार ९ गते गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित संस्थापक हकप्रद सेयर शिलबन्दी बोलपत्र खुला गरिएको छ । 

फाइनान्सले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रदमा आवेदन नपरेको संस्थापक समूहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार एक सय कित्ता गरी कूल ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयरहरू यसअघि चैत्र २९ गतेदेखि वैशाख ७ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । सो अवधिमा बिक्री हुन नसकेको संस्थापक समूहको ७ लाख ७२ हजार ६ सय ६६ कित्ता सेयर फाइनान्सले अहिले फेरि लिलामी मार्फत् बिक्री खुल्ला गरेको थियो । 

कम्पनीको सेयर बिक्री प्रबन्धक बि.ओ.के क्यापिटलले दिएको जानकारी अनुसार लिलामी सेयरको बाँडफाँड असार १५ गते सम्पन्न भएको हो । प्राप्त आवेदनका आधारमा हाल कम्पनीको लिलामी सेयरको प्रारम्भिक कटअफ मूल्य १०० रूपैयाँ कायम गरिएको छ ।

62be483ccc1b6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको