Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सले ल्यायाे पैसा दोब्बर हुने निक्षेप योजना

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १० : ५१ मा प्रकाशित

समृद्धि फाइनान्सले ल्यायाे पैसा दोब्बर हुने निक्षेप योजना

समृद्धि फाइनान्सले रेमिट्यान्स मुद्धति निक्षेपको योजना अन्तर्गत ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

यसका साथ साथै फाइनान्सले ९ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँच गुणा र १८ वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ । यस निक्षेप योजनाको लक्षित ग्राहकहरु, विदेशमा काम गर्ने व्यक्तिको परिवारका सदस्य, रेमिट्यान्स ग्राहक, दीद्र्यकालीन लगानीमा रुची राख्ने रेमिट्यान्स आम्दानी भएका ग्राहकहरू र विदेशमा काम गर्ने व्यक्तिहरुले आफ्ना छोराछोरीहरूको भविष्यको शिक्षाको लागि पैसा जम्मा गर्न चाहने ग्राहकहरूलाई पनि आकर्षित गर्नु हो र न्यूनतम ५० हजार रूपैयाँदेखि नै खाता खोल्न सकिने र समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन सक्ने व्यवसाय प्रवद्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् । 

फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५% र बचत निक्षेपमा अधिकतम १०% सहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ । 
     
 

                                                            


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको