Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीहरुले मात्र ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रदमा आवेदन दिन पाउने

अर्थ संसार

आइतबार, १९ असार २०७९, ०९ : ०९ मा प्रकाशित

आजसम्म कायम सेयरधनीहरुले मात्र ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रदमा आवेदन दिन पाउने

ङादी ग्रुप पावर कम्पनी लिमिटेडका आजसम्म कायम सेयरधनीहरुले मात्र १५० प्रतिशत हकप्रद सेयर भर्न पाउने छन् । कम्पनीले असार २० गते १ दिनका लागी बुकक्लोज गर्ने निर्णय गरेको त्यसैले आज असार १९ गतेसम्म कायम सेयरधनीहरुले १५० प्रतिशत हकप्रदमा आवेदन दिन सक्नेछन् ।

ङादी ग्रुप पावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ । 

कम्पनीको असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा सम्पन्न भएको आठौँ वार्षिक साधारण सभाले  २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१।०५ प्रतिशत लाभांश वितरण गरेपश्चात कायम हुन आउने चुक्ता पूँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो तर कम्पनीलाई बिद्युत नियमन आयोगले भने १५० प्रतिशत हकप्रद निष्काशनको मात्र अनुमति दिएको थियो ।


कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने छ । 

ङादी ग्रुप पावर लिमिटेड कम्पनीले लमजुङ्ग जिल्ला स्थित सिउरी खोलामा ५ मेगावाट क्षमताको सिउरीखोला जलविद्युत आयोजनाको निर्माण पुरा गरी व्यावसायीक उत्पादन गरी रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको