Like us!
Follow us!
Connect us!
Watch us!

निरज गिरीको खुलासा:अर्थमन्त्रालयले नेप्से परिसूचक कुन लेभलमा राख्ने भनेर प्लानिङ्ग गर्ने गर्दछ

अर्थ संसार

आइतबार, १९ असार २०७९, २० : ४६ मा प्रकाशित

निरज गिरीको खुलासा:अर्थमन्त्रालयले नेप्से परिसूचक कुन लेभलमा राख्ने भनेर प्लानिङ्ग गर्ने गर्दछ

नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले अर्थ मन्त्रालयले सेयर बजारलाई कुन अवस्थामा राख्ने र नेप्से परिसूचक घटाउने वा बढाउने भन्ने कुराको माइक्रो म्यानेजमेन्ट प्लानिङ्ग गर्ने गरेको खुलासा गरेका छन्। धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयवस्तुको बारेमा सरोकारवालाहरुको सुझाव सङ्कलन गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै गिरीले उक्त कुराको खुलासा गरेका हुन्।  

'म बोर्डको कार्यकारी निर्देशक हुँदा अर्थमन्त्रालयमा आयोजित छलफलमा यो वर्ष नेप्से परिसूचक कुन लेभलमा राख्ने हो त्यसको प्लानिङ्ग  गर्नुहोस भन्ने कुरा आयो। राष्ट्र बैंकसँग मुद्राको फ्लो बढाउन वा घटाउन विभिन्न टुल्स हुने गर्दछन तर धितोपत्र बोर्डसँग त्यस्ता कुनै टुल्स हुने गर्दैनन। फेरी यो बजार हो, बजारमा डिमाण्ड र सप्लाईको आधारमा मूल्य निर्धारण हुने गर्दछ। नियामकले फेयर रुपमा कारोबार हुने वातावरण बनाउने हो, मूल्य कुन लेभलमा राख्ने भन्ने कुराको निर्धारण गर्ने होइन।' उनले भने। 

हरेक वर्ष धितोपत्र बोर्डले थुप्रै महत्वाकांक्षी योजनाहरु बनाउने भएतापनि काम भने निकै कम हुने भन्दै गिरीले बरु कार्यक्रमहरु थोरै बनाउने तर गर्न सकिने कार्यक्रमहरु बनाईयो भने त्यो फलदायी हुने सुझाव दिए। छोटो समयमै बजार तिव्र रुपमा उतार चढाव हुने गरेको सन्दर्भमा लगानीकर्ताहरुको वित्तिय साक्षरता र लगानी चेतनाको स्तर बढाउनेतर्फ विशेष ध्यान दिईनुपर्ने पनि सुझाव दिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको