Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश/प्रतिनिधि सभा निर्वाचन मिति प्रस्तावको तयारी, ३० कात्तिक उपयुक्त: आयोग

पत्रपत्रिका

सोमबार, २० असार २०७९, ०७ : ०३ मा प्रकाशित

प्रदेश/प्रतिनिधि सभा निर्वाचन मिति प्रस्तावको तयारी, ३० कात्तिक उपयुक्त: आयोग

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । अयोगले आगामी बुधबारसम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मितिबारे राय दिने तयारी गरेको हो ।

‘बुधबारसम्ममा प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मितिबारे छलफल गर्ने तयारी छ, आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिकको मिति उपयुक्त हुने सुझाव दिनेछ,’ आयोग उच्च स्रोतले राजधानीसँग भन्यो ।

आयोगले देशभरका १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गर्ने भएको हो । आयोगले सरकारका केही मन्त्रीहरूसँग केही दिनयता भएका अनौपचारिक संवादका क्रममा एकै चरणमा निर्वाचन गर्नेगरी सो मितिबारे समेत छलफल गर्दै आएको छ ।

आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम जारी राखेको छ । निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्वतः रोकिने भएकाले मिति घोषणा हुनुअघिसम्म नाम दर्ता गर्न सकिनेछ ।

राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको