Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंककाे कारबाहीमा परे ४ लघुवित्त

अर्थ संसार

सोमबार, २० असार २०७९, १६ : ३६ मा प्रकाशित

राष्ट्र बैंककाे कारबाहीमा परे ४ लघुवित्त

नेपाल राष्ट्र बैंकले ४ वटा लघुवित्तलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले अनिवार्य मौज्दात कायम नगरेबापत ३ वटा लघुवित्तलाई र पूँजीकाेष कायम गर्न नसकेकाे एक लघुवित्त गरी कूल ४ वटा लघुवित्तलाई कारबाही गरेको हाे ।

राष्ट्र बैंकले बैंकबाट लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरीएको एकीकृत निर्देशन, २०७७ को निर्देशन नं. १२ को बुदा नं.११) बमोजिम लघुवित्त वित्तीय संस्थाहरुले कुल निक्षेप दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा तोकिएको अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, सारथी नेपाल लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थालाई हर्जाना लगाएको छ ।

त्यसैगरी, बैंकबाट लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरीएको एकीकृत निर्देशन, २०७७ को निर्देशन नं. १ को बुँदा नं. १ मा लघुवित्त वित्तीय संस्थाले कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ४ प्रतिशत प्राथमिक पुँजी र ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा तोकिएको पुँजीकोष कायम गर्न नसकेका कारण शीघ्र सुधारात्मक समाज लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको