Like us!
Follow us!
Connect us!
Watch us!

प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको प्रस्ताव

अर्थ संसार

मंगलबार, २१ असार २०७९, ०६ : २८ मा प्रकाशित

प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको प्रस्ताव

नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बढुको ध्यानकर्षणसहित १० बुँदे सुझाव पेस गरेको छ । 

उक्त १० बुँदे सुझावमा प्रमुख सहरहरूमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदा घोषणा गर्न समेत प्रस्ताव गरिएको छ । निगमले इन्धन खपत कम गर्ने विभिन्न उपाय अवलम्बन गर्न सरकारलाई यस्तो सुझावसहितको आग्रह गरेको हो ।

त्यस्तै निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेकअन्य साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने समेत सुझाव दिएको छ ।

बढ्दो घाटा धान्नै नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बच्न स्वदेशमा इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि जनाएको छ । उनले चालू आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने निगमको दावी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको