Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफद्वारा विद्यालयलाई आर्थिक सहयोग

अर्थ संसार

बुधबार, २२ असार २०७९, १३ : ३७ मा प्रकाशित

प्राइम लाइफद्वारा विद्यालयलाई आर्थिक सहयोग

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको खाट मन्दिर आघारभुत विद्यालयमा अध्ययनरत ३५० जना भन्दा बढी बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरी भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयोग गरेको छ ।

नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काज्युको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच स्कुलमा पुगी हस्तान्तरण गरिएको छ । डा. खड्काको पहलमा कम्पनीले सहयोग गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री डा. खड्काले आफ्नो गृह वडाका विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागी आफुले सक्ने सहयोग गर्ने बताए । साथै कम्पनीलाई आफनो पहलमा सहयोग गरेकोमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रमका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसरी नै शिक्षा स्वास्थ्य जस्तो विषयमा समेत संवेदनशिल भएकोले सामाजिक उत्तरदायित्व अन्तर्गत मन्त्रीको पहलमा स्कुल तथा विद्यार्थीलाई सहयोग गर्न पाएको खुसी व्यक्त गरेका छन् ।

 

 

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको