Like us!
Follow us!
Connect us!
Watch us!

बामे सर्दै गरेको पुँजीबजारमा धितोपत्र बोर्डको यो निर्णय 'कोसेढुंगा' सावित हुनेछ

राधा पोखरेल

बुधबार, २२ असार २०७९, १३ : ५४ मा प्रकाशित

बामे सर्दै गरेको पुँजीबजारमा धितोपत्र बोर्डको यो निर्णय 'कोसेढुंगा' सावित हुनेछ

नेपाल धितोपत्र बोर्डले  (लाइसेन्स) लाई खुला रुपमा वितरण गर्ने व्यवस्था प्रस्ताव गरेको छ । यो नियमावली धितोपत्र बोर्डले स्वीकृत गरेर अनुमोदनका लागि अर्थ मन्त्रालय पठाएको छ । 

नियमावलीमा अब तीन तहको सेयर ब्रोकर हुने प्रस्ताव गरिएको छ । सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी गरी तीन किसिमको अनुमति पत्र जारी हुनेछन् ।

नेपाल सरकारले २०७५/८/२० मा मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरि “पुँजी बजार र मुद्रा बजारको समस्याहरु” राष्ट्र बैंकका डेपुटी गभर्नर श्रि शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कमिटीमा “ स्वयम् म पनि सदस्य रहेको थिएँ  । वित्तिय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरि बजारका समस्याहरुमा ५८ वटा बुद्धा सहित वैंकलाई ब्रोकर सुझाव पेश गरिएको थियो । र, जस्मा अल्पकालिक, मध्यकालीन, र दिर्घकालिन भनेर बर्गिकरण गरिएको थियो । 

त्यहि अनुरुपको कार्यको लागि संघले बिगत ४र५ बर्ष देखि निति बनाउँने देखि कार्यान्वयन तहको लागि पहल गर्दै पछिल्लो समय प्रधानमंत्री ज्यू सामुन्ने पनि छलफल गरिएको थियो ।

धितोपत्र बोर्डले गरेको  यो व्यवस्थाहरु भर्खरै बामे सर्दै गरेको पुँजीबजामा कोसेढुंगा सावित हुनेछ । जबसम्म जग बलियो रहदैन तव सम्म घर बलियो हुँदैन ।

धितोपत्र बोर्डको यो कार्य स्वागत योग्य छ । पछिल्लो निर्णयले धितोपत्र बजारमा बिधमान रहेको सिन्डिकेट तोडिने र बजारको यथोचित बृद्दी बिकाश हुनेमा हामी आम लगानीकर्तामा हर्षोल्लाष छाएको छ । यस कार्यको लागी बोर्ड अध्यक्ष रमेश हमाल ज्यू लगाएत बोर्ड परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको