Like us!
Follow us!
Connect us!
Watch us!

करेक्सनपछि मजबुत बन्दै बजार, नेप्सेमा सुधारको संकेत

नेप्से

बुधबार, २२ असार २०७९, १५ : ०२ मा प्रकाशित

करेक्सनपछि मजबुत बन्दै बजार, नेप्सेमा सुधारको संकेत

 आज (बुधबार) अन्तिम समयमा सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । बुधबार नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ ।  करेक्सनपछि बजार थप मजुबत बन्दै गएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा पुगेकाे छ । नेप्से ०.६६ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.६८ अंकले बढेर ३८८.९१ विन्दुमा पुगेकाे छ । 

कूल २२८ वटा कम्पनीकाे ६२ लाख ६३ हजार ३ सय १० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय १ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर घट्दा बाँकी १० वटा उपसमूहकाे सेयर बढेकाे छ । 

बुधबार गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ११ कराेड ७२ लाख ८० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे । 

यस दिन ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ५.८९ प्रतिशतले घटेर ८ सय ९० रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको