Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर सोलु हाइड्रोको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

अर्थ संसार

बुधबार, २२ असार २०७९, १७ : ५८ मा प्रकाशित

अप्पर सोलु हाइड्रोको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेकाे छ ।

सिडिएसका अनुसार उक्त आईपीओमा बुधबार साँझ ५ बजेसम्म ११ लाख ९ हजार ७ सय ६२ जना लगानीकर्ताले १ अर्ब २८ करोड ४६ लाख ९९ हजार रूपैयाँ बराबरकाे १ करोड २८ लाख ४६ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १८ लाख २० हजार ४७५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले भाेलि असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको