Like us!
Follow us!
Connect us!
Watch us!

राहदानीबाट मासिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व

पत्रपत्रिका

विहीबार, २३ असार २०७९, ०६ : ३२ मा प्रकाशित

राहदानीबाट मासिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व

राहदानी बनाउने नागरिकको सङ्ख्या बढेसँगै राजस्व असुलीमा समेत वृद्धि भएर मासिक १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अध्ययन र वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेसँगै यसको फाइदा सरकारले सङ्कलन गर्ने राजस्वमा देखिएको हो।

सरकारले राहदानी विभागबाट द्रुत सेवामार्फत बनाएको राहदानीको शुल्क १२ हजार र जिल्लाबाट बनाइएका राहदानीको ५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। विभागका निर्देशक शरदराज आरनले कोभिडपछि वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणमा विदेश जाने नेपालीको सङ्ख्या बढेसँगै राहदानी बनाउने र यसबाट उठ्ने राजस्व वृद्धि भएको बताए । 

विभागले हाल दैनिक औसत ६ हजार राहदानी जारी गर्दा लगभग ५१ करोड राजस्व उठ्ने गरेको छ। यसरी उठेको राजस्वमध्ये राहदानीको एक थान तयार गर्न सरकारको लगभग २ हजार जति खर्च हुने गरेको छ। विगत २ वर्ष अघिको तुलना राहदानी बनाउने नागरिकको सङ्ख्या तेब्बरले वृद्धि भएर दैनिक ६ हजार पुगेको राहदानी विभागका निर्देशक आरनले जानकारी दिए। कारोबार दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको