Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिनमा १४ अर्बले बढ्यो निक्षेप संकलन, निरन्तर घट्दै सिडी रेसियो

अर्थ संसार

विहीबार, २३ असार २०७९, ०७ : ३९ मा प्रकाशित

एकै दिनमा १४ अर्बले बढ्यो निक्षेप संकलन, निरन्तर घट्दै सिडी रेसियो

बैंकहरूको निक्षेप संकलन एकै दिनमा १४ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार असार २१ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असार २० गते, सोमबारसम्म बैंकहरूको निक्षेप ५० खर्ब ३३ अर्ब रूपैयाँ रहेको थियो । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १३ अर्बले बढेर ४४ खर्ब ५७ अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी पनि १ अर्बले बढेर ४१ खर्ब ७६ अर्ब रूपैयाँमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब ६ अर्बमा पुगेको छ ।

बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.५८ प्रतिशतबाट घटेर ८८.३५ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको