Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकसहित थप ७ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सेबोनको स्वीकृती

अर्थ संसार

विहीबार, २३ असार २०७९, ११ : ५५ मा प्रकाशित

नबिल बैंकसहित थप ७ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सेबोनको स्वीकृती

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताकाे रूपमा काम गर्न थप ७ कम्पनीलाई स्वीकृति प्रदान गरेकाे छ । याे सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीकाे संख्या ११६ पुगेकाे छ । यसअघि बाेर्डले पहिलाे चरणमा ४६ वटा, दोस्रो चरणमा थप १८ वटा, तेस्रो चरणमा ७ वटा कम्पनी, चौथो चरणमा ९ वटा, पाँचाै चरणमा ५ वटा, छैठाैँ चरणमा २ वटा, साताैँ चरणमा ८ वटा, आठाैँ चरणमा ५ वटा, नवाैँ चरणमा ६ वटा र दशाैँ चरणमा ३ वटा कम्पनीलाई स्वीकृति दिएको थियो  । 

थपिएका कम्पनीहरूमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्येक्सी क्याप फण्ड, नबिल बैंक, मेगा म्युचुअल फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लुचिप फण्ड रहेका छन् । 

योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गर्ने जस्ता कार्य गर्दछन् ।

संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीहरू यस प्रकारका छन् :

62c67a1301bb2.jpg 62c67a19d2aca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको