Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको ‘KS Digi World’ सार्वजनिक

अर्थ संसार

विहीबार, २३ असार २०७९, १४ : ०९ मा प्रकाशित

कामना सेवाको ‘KS Digi World’ सार्वजनिक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल (KS Digi World) सार्वजनिक गरेको छ । बैंकले आषाढ २२ गते मङ्गलबारका दिन KS Digi World सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको हाे ।

यो सेवा लागू भएपछि बैंकका ग्राहकहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत अथवा digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् । KS Digi World मा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन् । साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको