Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, ११ : ४६ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

कृषि विकास बैंक लिमिटेडले ठूलाे संख्यामा कर्मचारी आह्वान गरेकाे छ । बैंकले प्रशासन तर्फ शाखा प्रमुख पदमा ५ जना, व्यवसाय अधिकृत पदमा ४७ जना, कम्प्यूटर अधिकृत पदमा १७ जना, सिभिल इन्जिनियर पदमा ३ जना, कर्जा अधिकृत पदमा १२ जना, व्यवसाय सहायक पदमा २३ जना, कानुन सहायक पदमा ६ जना, ऋण सहायक पदमा ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जना कर्मचारी आह्वान गरेकाे हाे ।

जसमध्ये खुलातर्फ ८२ जना, महिलातर्फ २१ जना, आदिवासी जनजातितर्फ १७ जना, मधेशीतर्फ १७ जना, दलिततर्फ ८ जना, अपागंतर्फ ४ जना र पिछडिएको क्षेत्रतर्फ ३ जना छुट्याइएकाे छ । 

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले साउन १२ गतेभित्र आवेदन दिन सक्नेछन् । डब्ब्ल दस्तुर तिरेर भने साउन १९ गतेसम्म आवेदन दिन सकिन्छ । 

बैंकले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

62c7c9c527d36.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको