Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा भारी गिरावट : लगानीकर्ता भन्छन्, "गभर्नरको बोलीको प्रभाव पर्यो"

नेप्से

सोमबार, २७ असार २०७९, १५ : ०१ मा प्रकाशित

नेप्सेमा भारी गिरावट : लगानीकर्ता भन्छन्, "गभर्नरको बोलीको प्रभाव पर्यो"

आज (साेमबार) पनि सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । सम्हालिन प्रयास गर्दै गरेकाे बजारमा गभर्नरकाे बाेलीकाे नकारात्मक प्रभाव परेको लगानीकर्ताहरूको आरोप छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिजाे पनि एक कार्यक्रममा गएर बैंकहरूकाे ब्याजदर अझै बढ्न सक्ने अभिव्यक्ति दिएका थिए । उनले अवस्था अझै जटिल बन्नसक्ने बताएका थिए । गभर्नरकाे उक्त अभिव्यक्तीबाट आक्रोसित बनेका लगानीकर्ताहरूले हिजैदेखि सामााजिक सञ्जालमा अनेकौँ गुनासा र टिप्पणीहरू पोष्ट गरिरहेका छन् । बजार बढ्न सधैँ नियमनकारी निकायका व्यक्तिहरू नै बाधक बन्ने गरेका लगानीकर्ताहरूको गुनासो छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ विन्दुमा झरेकाे छ । नेप्से ३.८६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १३.०३ अंकले घटेर ३६६.८६ विन्दुमा झरेकाे छ । 

कूल २२७ वटा कम्पनीकाे ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ । 

साेमबार हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ११ कराेड ४ लाख ३५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज म्युचुअल फण्ड र डसबेञ्चरसहित जम्मा ६ वटा कम्पनीको मूल्य बढेको छ ।

 

यस दिन ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले घटेर ६ सय ७८ रूपैयाँ ६० पैसामा झरेकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको