Like us!
Follow us!
Connect us!
Watch us!

५१ खर्ब नाघ्यो बैंकहरूको निक्षेप संकलन, सिडि रेसियोमा ब्यापक सुधार

अर्थ संसार

सोमबार, २७ असार २०७९, १८ : १७ मा प्रकाशित

५१ खर्ब नाघ्यो बैंकहरूको निक्षेप संकलन, सिडि रेसियोमा ब्यापक सुधार

बैंकहरूको निक्षेप संकलन ५१ खर्ब नाघेको छ आइतबार एकै दिनमा निक्षेप १० अर्बले बढेपछि निक्षेप ५१ खर्ब नाघेको हो । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार असार २६ गते, आईतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असार २५ गते, सनिबारसम्म बैंकहरूको निक्षेप ५० खर्ब ९८ अर्ब रूपैयाँ रहेको थियो । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १० अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १० अर्बले बढेर ४५ खर्ब १३ अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी पनि ३ अर्बले घटेर ४१ खर्ब ६४ अर्ब रूपैयाँमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४६ खर्ब ९४ अर्बमा पुगेको छ ।

बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.३८ प्रतिशतबाट घटेर ८७.१४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

62cc18a2ef6b7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको