Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओरालो यात्रामा ब्रेक ! दाेहाेराे अंकले बढ्याे सेयर बजार

नेप्से

मंगलबार, २८ असार २०७९, १५ : २० मा प्रकाशित

नेप्सेको ओरालो यात्रामा ब्रेक ! दाेहाेराे अंकले बढ्याे सेयर बजार

सेयर बजारकाे लगातारकाे ओरालो यात्रामा ब्रेक लागेकाे छ । आज (मंगलबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा पुगेकाे छ । नेप्से ०.६१ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.०९ अंकले बढेर ३६८.९५ विन्दुमा पुगेको छ । 

कूल २२६ वटा कम्पनीकाे ४९ लाख ६७ हजार ५ सय ६१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७० करोड ७७ लाख ५२ हजार ९ सय ७८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर बढेको छ ।

मंगलबार अरूण काबेली पावरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७ कराेड ९५ लाख ८० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यसदिन सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । बैंककाे सेयरमूल्य ९.३५ प्रतिशतले बढेर २ सय ३४ रूपैयाँ पुगेकाे छ । 

आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ४.६५ प्रतिशतले घटेर ८ सय २० रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको