Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर अधिकारीको अबको बाटोः प्रतिवाद कि नैतिकताका आधारमा राजीनामा ?

अर्थ संसार

बुधबार, २९ असार २०७९, ०७ : ५७ मा प्रकाशित

गभर्नर अधिकारीको अबको बाटोः प्रतिवाद कि नैतिकताका आधारमा राजीनामा ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको पुष्टि भएको छ । एमालेको उक्त समितीको सदस्यमा रहेको नाम  एम. अधिकारी भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको उक्त समितिका  एक सदस्य इ. देउकाजी गुरुङ (कास्की)ले यसको पुष्टि गरेका हुन । 

गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको विभागिय सदस्य रहेको समाचार बाहिरिएसंगै उनको चर्को बिरोध भईरहेको छ । अधिकारीले नैतिकताका आधारमा आफ्नो पदबाट राजिनामा दिनुपर्ने माग उठिरहेको छ । यता गभर्नर अधिकारी र एमालेले भने एम. अधिकारी भन्ने व्यक्ति महाप्रसाद अधिकारी नरहेको दावी गरेका छन् तर उनिहरुको दावी पूष्टि हुने कुनै आधार प्रस्तुत भने गर्न सकेका छैनन् । 

यदि खोटाङको एम. अधिकारी गभर्नर अधिकारी होइनन् भने को हुन् जनता समक्ष ल्याउन आवश्यक छ तर एमाले खोटाङ स्रोतले भने जिल्लामा उक्त नाम गरेको कुनै पनि व्यक्ति पार्टीको सदस्य नरहेको बताउछ । यसो त गर्भनर अधिकारी यस अघि पनि उक्त समितीको सदस्य भइसकेका थिए । 

कार्यक्षमताका हिसाबले उनीमाथि खासै ठूलो प्रश्न नउठे पनि अधिकारीको नियुक्ति निर्विवाद भने छैन । यो विवाद उनको शैक्षिक योग्यतामा हो । पहिले चार्टर्ड एकाउन्टेन्सीलाई स्नातकोत्तर सरहको मान्यता दिइन्थ्यो । सोही आधारमा उनी राष्ट्र बैंकमा प्रवेश गरेका थिए । 

तर अहिलेको व्यवस्था अनुसार यो शिक्षाले स्नातकको मात्रै मान्यता राख्छ । नेपाल राष्ट्र बैंक ऐनले गभर्नर बन्न कम्तीमा स्नातकोत्तर वा सो सरहको योग्यता भएको हुनुपर्ने भनेकोले उनलाई गभर्नरको रुपमा नियुक्त गर्नै नसकिने तर्क पनि आएका थिए । तर उनैलाई सरकारले राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त गरेको छ । 

गभर्नरले अब आँफु एम. अधिकारी नभएको भन्दै प्रतिवाद गर्छन कि नैतिकताका आधारमा राजिनामा दिन्छन् आम चासोको बिषय बनेको छ । गभर्नर जस्तो व्यक्ति कुनै अमुख पार्टीको विभागिय सदस्य बन्नु गम्भिर विषय भएको भन्दै उनले तत्काल पदबाट राजिनामा दिनुपर्ने तर्क जानकारहरुको छ । 

यो पनि: लगानीकर्ता र व्यवसायी तर्साउँदै हिँड्ने गर्भनरज्यूलाई कसले नियन्त्रण गर्ने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको