Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरलाई राजिनामा दिन चौतर्फी दवाव, बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

अर्थ संसार

बुधबार, २९ असार २०७९, १३ : ५० मा प्रकाशित

गभर्नरलाई राजिनामा दिन चौतर्फी दवाव, बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

विभिन्न विवादमा मुछिएका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई राजिनामा दिन चौतर्फी दवाव परेको छ ।  

नेकपा एमालेको अन्तर पार्टी निर्देशन अपानी मा अर्थ विभागमा एम अधिकारी, खोटाङ भनी समावेश गरिएको छ ।  एम अधिकारी महाप्रसाद अधिकारी नै रहेको भन्ने खुलेको छ ।  एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको दावी गर्दै अनेरास्ववियू क्रान्तिकारीले पनि उनलाई बर्खास्त गर्न माग गरेको हो ।

संसदमा माओवादीको माग-‘गभर्नरमाथि तत्काल छानबिन गरियोस्’

यसअघि आज संसदमा पनि गभर्नरको छानबिनको माग गरिएको छ । बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माग गरेकी हुन् । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश रहनु ऐन विपरित भएको भन्दै छानबिनकाे माग गरिएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको