Like us!
Follow us!
Connect us!
Watch us!

‘टिएमएसमा देखिएको समस्या र बजारका अनधिकृत क्रियाकलाप रोक्न धितोपत्र बोर्ड असफल’

अर्थ संसार

विहीबार, ३० असार २०७९, ०८ : २५ मा प्रकाशित

‘टिएमएसमा देखिएको समस्या र बजारका अनधिकृत क्रियाकलाप रोक्न धितोपत्र बोर्ड असफल’

महालेखापरीक्षक कार्यालयले नेपाल धितोपत्र बोर्डले नेप्सेको अनलाइन व्यापार प्रणालीमा देखिएको समस्या र सो प्रणालीमा बजार सहभागीहरूले गर्न सक्ने अस्वस्थ्य अभ्यास, अनधिकृत क्रियाकलाप तथा थपघट बारेमा शीघ्र सुचना पाउन र त्यसलाई नियन्त्रण गर्न नसकेको बताएको छ ।

बुधबार सार्वजनिक महालेखापरीक्षक कार्यालयको बार्षिक प्रतिवेदनमा उक्त कुरा औँल्याइएको हो । धितोपत्र ऐन, २०६३ को परिच्छेद(८ अनुसार धितोपत्र बजार, धितोपत्र व्यवसायी तथा धितोपत्र दलालहरूको कार्य उपर बोर्डले नियमित रूपमा प्रभावकारी ढङ्गबाट नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझ गर्नुपर्ने व्यवस्था छ । वस्तु विनिमय बजार नियमावली, २०७४ को नियम ५ अनुसार पूर्व स्वीकृतिका लागि २०७६ असारमा ६ निवेदकले पेस गरेको निवेदन स्वीकृति सम्बन्धमा २०७८ चैत्र सम्म निर्णय भएको छैन । सूचीकृत संगठित संस्था, नेप्से, सीडीएससी र क्रेडिट रेटिङ एजेन्सीको हालसम्म स्थलगत सुपरिवेक्षण भएको छैन प्रतिवेदनमा भनिएको छ । 

धितोपत्र बजार तथा दलालहरूको अनलाइन रियल टाईम निगरानीको हकमा धितोपत्र बजारले उपलब्ध गराएको सीमित र नियन्त्रित पहुँचका आधारमा कार्य हुने गरेको, बोर्डले प्रभावकारी अनुगमन तथा पर्याप्त सूचना प्राप्त गर्न सकेको छैन। नेप्सेको अनलाइन व्यापार प्रणालीमा देखिएको समस्या र सो प्रणालीमा बजार सहभागीहरूले गर्न सक्ने अस्वस्थ्य अभ्यास, अनधिकृत क्रियाकलाप तथा थपघट बारेमा बोर्डले शीघ्र सुचना पाउन र त्यसलाई नियन्त्रण गर्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सूचीकृत संगठित संस्थाले सार्वजनिक निष्काशन तथा ऋणपत्रको निष्काशन गरेपश्चात् पेस गर्नुपर्ने पुँजी उपयोगिताको प्रतिवेदन पेस गरेको छैन । मर्चेन्ट बैङ्क, सूचीकृत संगठित संस्था, धितोपत्र व्यवसायी तथा धितोपत्र बजारको सेवा शुल्क, विवरण, प्रतिवेदनहरू समयमै प्राप्त गरी प्रभावकारी नियमन र अनुगमन गर्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको