Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सकाे सञ्चालकमा प्रणव कुमार दास, युवा नेतृत्वको पहिचान

अर्थ संसार

विहीबार, ३० असार २०७९, १० : २८ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सकाे सञ्चालकमा प्रणव कुमार दास, युवा नेतृत्वको पहिचान

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमा संस्थापक सेयरधनीकाे तर्फबाट प्रतिनिधित्व गर्ने गरी  प्रणव कुमार दास सञ्चालकमा नियुक्त भएका छन् ।

कम्पनीकाे असार २३ गते बसेकाे सञ्चालक समितिकाे बैठकबाट सञ्चालक समितिमा संस्थापक सेयरधनीकाे तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरू राज रिमाल र  दीपक ओलीकाे स्थानमा क्रमस: रमेश प्रसाद जोशी र प्रणव कुमार दासलाई नियुक्त गरिएको थियाे । 

चाटर्ड अकाउन्टेन्ट (सीए) प्रणव कुमार दास अनुभवी वित्तीय विषेशज्ञ हुन् । उनसँग बैंक, बीमा, मर्जर एवमं कर्पोरेट क्षेत्रमा विज्ञता छ। 

भारतमा तथा बाह्य राष्ट्रहरूमा रहँदा उनले इन्भेस्टमेन्ट बैंकिङ तथा व्यवस्थापकीय परामर्श सेवाको अनुभव सँगालेका छन् । हालसालै  सम्पन्न भएका "क" वर्गका वाणिज्य बैंक, इन्स्योरेन्सहरुको मर्जर र एक्विजिशनमा सक्रिय सहभागी रहेका थिए। 

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालककाे जिम्मेवारी पाएका उनले कम्पनीको वृद्धि र विकासमा राम्रो भूमिका निभाउने विश्वास गरिएकाे छ । कम्पनीलाई इन्स्योरेन्स क्षेत्रकाे नयाँ उचाइमा पुर्याउन र मार्केट लिडर बनाउन उनलाई जिम्मेवारी दिइएको छ ।

विश्वस्तरीय कम्पनी McKinsey & Co र JP Morgan लगायतका कम्पनीमा कार्य अनुभव बोकेका उनले नेपालको वित्तीय क्षेत्रमा विशवस्तरिय सोचको विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  आफूलाई भएको ज्ञान तथा अनुभवलाई राष्ट्रको विकासमा योगदान दिइ सबल राष्ट्र निर्माण गर्ने उनकाे चाहाना छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको