Like us!
Follow us!
Connect us!
Watch us!

बीमा समितिले घाइते लगानीकर्तामा आरा चलायो

धिरज पौड्याल

विहीबार, ३० असार २०७९, १५ : ४० मा प्रकाशित

बीमा समितिले घाइते लगानीकर्तामा आरा चलायो

उसै त लगातार बजार घट्दा लगानीकर्ताहरूकाे घाइते झैँ भएका छन् । यस्ताे अवस्थामा कम्पनी मर्जरका लागि दबाब दिएर काराेबार राेक्का हुँदा बीमा समितिले घाइते लगानीकर्ताहरूमा आरा चलाएकाे जस्तै भएकाे छ ।  

पछिल्लो समय बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान निरन्तर दबाब दिईरहेको छ । समितिले बारम्बार बीमा कम्पनीलाई पत्र काट्दै छिटो भन्दा छिटो मर्जमा जान साम,दाम,दण्ड,भेद नीतिनै प्रयोग गरी रहेको छ। बीमा समितिको नीतिका कारण अहिले धेरै बीमा कम्पनीहरुले मर्जर सम्झौता गरिसकेका छन् भने कतिपय कम्पनीहरु सम्झौताको तयारीमा रहेका छन् ।

बीमा कम्पनीले यही वैशाखमा बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब बाट बढाएर ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब बाट बढाएर २.५ अर्ब रुपैयाँ चुक्ता पुँजी यहि चैत्र मसान्त सम्म पुर्याउनुपर्ने निर्देशन जारी गरेको थियो । समय अभाव र बीमा समितीको दबाबका बीच बीमा कम्पनीहरु धमाधम मर्जमा जाँदा छोटो समयमै धेरै कम्पनीको कारोबार रोकिएको छ । 

बीमा समितिको निर्देशन पछि निर्जीवन बीमा कम्पनी हिमालय र एभरेष्ट जनरल इन्स्योरेन्स, प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स बीच मर्जर समझौता भएको छ । जीवन बीमा कम्पनी प्राइम लाइफ, गुराँस लाइफ, र युनियन लाइफ इन्स्योरेन्स; सानिमा लाइफ र रिलायन्स लाइफ, सूर्य लाइफ र ज्योति लाइफ बीच मर्जर सम्झौता हस्ताक्षर भएको छ। 

हालसम्म १२ वटा जीवन बीमा कम्पनीमध्ये ७ ओटा कम्पनीहरुले मर्जर सम्झौता गरेका छन् भने बाँकी ५ वटा कम्पनी मध्य नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बाहेक अन्य कम्पनी मर्जरमा जानुपर्ने देखिन्छ। अधिकांस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब देखि ३ अर्बको बीचमा रहेको छ ।

नन् लाइफ तर्फका १८ कम्पनीहरु मध्यका ८ कम्पनीहरु मर्जर सम्झौतामा हस्ताक्षर गरिसकेका छन भने अन्य १० कम्पनीहरु मध्य न्यूनतम चुक्ता पुँजी शिखर इन्स्योरेन्स कम्पनीको मात्र पुगेको छ । 

इन्स्योरेन्स कम्पनीहरुलाई चैत्र भित्र न्यूनतम चुक्ता पुँजी पुर्याउनुपर्ने चुनौती रहेको छ। अहिलेको अवस्था हर्ने हो भने कम्पनीहरु धमाधम मर्जरमा जाने जस्तो देखिन्छ, मर्जरको कारण सेयर कारोबार रोक्का हुँदा सेयरबजारमा इन्स्योरेन्सको कारोवार फिक्का देखिएको छ। इन्स्योरेन्सहरुको  सेयर कारोबारको संख्यामा गिरावट देखिएको छ । 

नेपालको सेयर बजारका १३ सब इन्डेक्समध्ये असाढ २९ गतेको कारोबारमा लाईफ इन्स्योरेन्स ७ औं स्थानमा छ भने नन् लाइफ इन्स्योरेन्स १० औं स्थानमा रहेको छ। लाइफ इन्स्योरेन्सको टर्नओभर रु. ११,६१,००,८६३.२० रहेको छ भने नन् लाइफ इन्स्योरेन्सको ५,३४,८०,६६०.२० रहेको छ र लाइफ इन्स्योरेन्स को जम्मा कारोबार १३४७ र नन् लाइफ इन्स्योरेन्सको जम्मा कारोबार १०६६ भएको छ। 

२०७९ को साताको पहिलो आईतबार वैशाख ४ गते सब इन्डेक्स मध्ये लाइफ इन्स्योरेन्स चौथौं स्थानमा रहेको थियो भने नन् लाइफ इन्स्योरेन्स सातौं स्थानमा रहेको थियो। लाइफ इन्स्योरेन्सको टर्नओभर भ्यालु १२,८०,२२,४१२.९० रहेको थियो भने नन् लाइफ इन्स्योरेन्सको टर्नओभर भ्यालु ८,३८,५३,३६४.३० रहेको थियो। कारोबारमा लाइफ इन्स्योरेन्सको २७२७ कारोबार भएको थियो भने नन् लाइफ इन्स्योरेन्सको १२६८ कारोबार भएको थियो। 

बिमा कम्पनीहरु पूँजी वृद्धी गर्न मर्जरमा जाँदा र कारोबार रोक्का हुँदा सेयर बजारमा नराम्रो प्रभाव परेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको