Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको अस्थिर बोर्ड, २ दिनमै उल्टियो सिईओ नियुक्तिको निर्णय

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, १२ : २३ मा प्रकाशित

लुम्बिनी विकास बैंकको अस्थिर बोर्ड, २ दिनमै उल्टियो सिईओ नियुक्तिको निर्णय

लुम्बिनी विकास बैंकको सञ्चालक समितीको निर्णय २ दिनमै उल्टिएको छ । दुई असार २८ गते बसेको बैंकको सञ्चालक समितीले गरेको सिईओ नियुक्तिको निर्णय पुनः असार ३० गते बसेको सञ्चालक समिती बैंठकले उल्ट्याएको छ । 

बैंकको २८ गते बसेको सञ्चालक समिती बैठकले साउन २ गतेदेखि लागु हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा विजय बहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो तर पुनः त्यसको दुई दिन पनि उक्त निणयलाई रद्द गर्दै सञ्चालक समितीले आगामी ४ बर्षे कार्यकालका लागि हालका सिईओ नरेशसिंह बोहारालाई नै निरन्तरता दिने निर्णय गरेको हो । 

सञ्चालक समितीको उक्त निर्णय पछि अबको ४ बर्ष बैंकको व्यवस्थापकीय नेतृत्व बोहोराले नै गर्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको