Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोकाे हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, ०१ साउन २०७९, १० : २० मा प्रकाशित

बरुण हाइड्रोकाे हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडकाे हकप्रद सेयर सुरक्षित गर्ने आज (श्रावण १ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।  

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि भाेलि श्रावण २ गते, साेमबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज श्रावण १ गते, आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १:१ काे अनुपातमा २६ कराेड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरकाे २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असार १५ गते, बुधबार अनुमति पाएकाे थियाे ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि आरविवि मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको