Like us!
Follow us!
Connect us!
Watch us!

सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो एनआईसी एशिया

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, ०७ : ३१ मा प्रकाशित

सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो एनआईसी एशिया

एनआईसी एसिया बैंक आर्थिक बर्ष २०७८ ७९ मा सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको छ । गत आर्थिक बर्षमा सबैभन्दा धेरै कर तिर्ने बैंकहरुको पहिलो नम्बरमा रहेको एनआईसी एसिया समग्र सबैभन्दा बढि कर तिर्ने कम्पनीहरुको सुचिमा छैठौ नम्बरमा रहेको छ । 

गत आर्थिक बर्षमा बैंकले ३ अर्ब ४१ करोड कर रकम दाखिला गरेको छ । सबैभन्दा बढि कर दाखिल गर्ने कम्पनीमा यो पटक पनि सूर्य नेपाल नै रहेको छ। सूर्य नेपालले गत वर्ष १० अर्ब ६२ करोड रुपैयाँ कर दाखिला गरेको छ।

९ अर्ब ७२ करोड कर दाखिला गर्दै नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) धेरै कर तिर्ने दोस्रो कम्पनी बनेको छ भने एनसेल गत आवमा ७ अर्ब ५९ करोड राजस्व तिर्दै तेस्रो स्थानमा छ । 

५ अर्ब ६९ करोड रुपैयाँ कर तिर्दै गोर्खा ब्रअुरी कम्पनी सर्वाधिक कर तिर्ने कम्पनीको चौथो नम्बरमा रहेको छ भने पाँचौ नम्बरमा नेपाल विद्युत प्राधिकरण रहेको छ प्राधिकरणले गत आर्थिक बर्षमा ३ अर्ब ९५ करोड कर दाखिला गरेको हो । 

सर्वाधिक कर तिर्ने १० कम्पनीहरुमा ५ वटा वाणिज्य बैंकहरु छन् । छैठौ नम्बर देखि १० औँ नम्बरसम्म वाणिज्य बैंकहरु नै समावेस छन् । एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंक क्रमश छैठौ देखि दशौ नम्बरको सूचिमा समावेश छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको