Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सुधारकाे संकेत : नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

नेप्से

सोमबार, ०२ साउन २०७९, १५ : ०० मा प्रकाशित

सेयर बजारमा सुधारकाे संकेत : नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

आज (साेमबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । गत साताकाे मंगलबारदेखि लगातार बढेकाे बजारले आज पनि उकालाे यात्रालाई नै निरन्तरता दिएको हो । बजारमा यतिबेला सुधारकाे संकेत देखिएकाे छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ विन्दुमा पुगेकाे छ । नेप्से ०.९० प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले बढेर ३८८.७६ विन्दुमा पुगेकाे छ । 

कूल २११ वटा कम्पनीकाे ३१ लाख ४२ हजार ४ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३१ करोड २९ लाख ६२ हजार ९ सय ६० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे सेयर घटेकाे छ । व्यापार र म्युचुअल फण्ड समूह घटेका हुन् । 

साेमबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ३४ लाख ८१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज बरूण हाइड्राेका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर २ सय ९८ रूपैयाँ ६० पैसा पुगेकाे छ । 

यस दिन सानिमा लार्ज क्याप फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ५.९० रूपैयाँले घटेर ८ रूपैयाँ ७७ पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको