Like us!
Follow us!
Connect us!
Watch us!

‘महाप्रसाद अधिकारीले राष्ट्र बैंकको गभर्नर भन्दा पनि एमाले कार्यकर्ता जसरी काम गरे’

लगानीकर्ताको आवाज

मंगलबार, ०३ साउन २०७९, १० : ४४ मा प्रकाशित

नेपालको पूँजी बजारका सक्रिय लगानीकर्ता गोपाल स्वामीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एमालेको सरकार परिवर्तनपछि राष्ट्र बैंकको गभर्नरको रुपमा भन्दा पनि एमाले पार्टीको कार्यकर्ताका रुपमा बढी भूमिका निर्वाह गरेको आरोप लगाएका छन् ।

अथसंसार डटकमको नियमित कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा स्वामीले भने ‘एमालेको सरकारका पालामा अहिलेकै गर्भनरले ल्याएको मौद्रिक नीती र सरकार परिवर्तन पछि आएको मौद्रिक नीतीको तुलना गर्यो भनेपनि सरकार परिवर्तनसँगै उहाँको काम कसरी परिवर्तन भयो भनेर थाहा पाउन सकिन्छ’ उनले थपे ‘एमाले सरकारको पालामा ल्याएको मौद्रिक नीतिबाट उहाँले सबैको वाहावाही पाउनु भएको थियो हामी सबैले तारिफ नै गरेका थियौँ तर एकाएक सरकार परिवर्तनसँगै उहाँको नीति किन परिवर्तन भयो ।’

उनले गभर्नरले वित्तिय अपराध गरेको समेत आरोप लगाए । राष्ट्र बैंकले साना लगानीकर्ताहरुको हितको लागि भन्दै ल्याएको ४/१२ को नीतिका कारण ठुला भन्दा पनि साना लगानीकर्ताहरु बढी प्रताडित हुन पुगेको उनको तर्क छ । राष्ट्र बैंकको त्यही नीतिले बजारमा ओभर करेक्सन आएको र त्यो गिरावटमा ठुला भन्दा पनि साना लगानीकर्ताहरु बढी पिडित भइरहेको उनको तर्क छ । 

अहिलेको बजारमा अधिकांश लगानीकर्ताहरु मौद्रिक नीतिको पर्खाइमा रहेको बताउँछन् उनी । ‘अहिलेको अवस्था भनेको ट्रेडरका लागि भन्दा पनि इन्भेष्टरका लागि सबैभन्दा उपर्युक्त समय हो’ उनले भने ‘कसैले पनि वास्तविक बटममा जानेर लगानी गर्न सक्दैन त्यसैले अहिलेबाट बिस्तारै दिर्घकालिन लगानीका रुपमा बजारमा केही रकम लगानी गर्दै जाँदा भविष्यमा पछुताउन पर्दैन यो अवस्थामा पनि लगानी नगरे कहिले गर्ने ?’ । 

गोपाल स्वामीसँग गरिएको भिडियो कुराकानी :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको