निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ ।
आयोगले नमुनाका रूपमा सुरु गरेको सो कार्य आजदेखि काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस