Like us!
Follow us!
Connect us!
Watch us!

'अवैध गभर्नर राजीनामा दे !' भन्दै राष्ट्र बैंक अगाडि टाँगियो कालो ब्यानर

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, १० : २८ मा प्रकाशित

'अवैध गभर्नर राजीनामा दे !' भन्दै राष्ट्र बैंक अगाडि टाँगियो कालो ब्यानर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजिनामा माग गर्दै राष्ट्र बैंक अगाडि कालो ब्यानर टाँगिएकाे छ । उक्त ब्यानरमा "अवैध गभर्नर राजीनामा दे !" काे नारा लेखिएकाे छ । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले आज बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय अगाडि कालो ब्यानर टाँगेका हुन् । उनीहरूले यसअघि पनि राजिनामाकाे माग गर्दै विभिन्न प्रदर्शन गर्दै आइरहेका छन् । 

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घाेषणा गरेका थिए । 

गभर्नर बर्खास्तीको माग गर्दै ३ विद्यार्थी संगठन आन्दोलनमा, देशैभरी आन्दोलन चर्काउने

आन्दोलनका कार्यक्रमहरूमा साउन ३ गते गभर्नर बर्खास्तीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउने, साउन ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरिका कार्यालयमा कालो ब्यानर राख्ने, साउन ५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन र अन्तर्क्रिया कार्यक्रम गर्ने र साउन ७ गते सांसदहरुलाई गभर्नर बर्खास्तीको आवाज उठाउन दवाव दिने तालिका छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको