Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको १२ हजार कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाईने

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, ०७ : ५७ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको १२ हजार कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाईने

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १२ हजार ७ सय ९७ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो । 

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले एक साताभित्र आवश्यक कागजपत्र संकलन गरेर के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई संस्थाको केन्द्रीय कार्यालयमा निलकण्ठ(३, धादिङबेसी, धादिङमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचनाः

62d8b64430fe4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको