Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सकारात्मक प्रभाव परोस् भन्ने मनसायले मौद्रिक नीति तर्जुमा गरिएको छ: राष्ट्र बैंक

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, १८ : १६ मा प्रकाशित

सेयर बजारमा सकारात्मक प्रभाव परोस् भन्ने मनसायले मौद्रिक नीति तर्जुमा गरिएको छ: राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने किसिमको मौद्रिक नीति ल्याईएको बताएका छन्। गभर्नरले मौद्रिक नीति सार्वजनिक गरिसकेपछि आयोजना गरिएको अनलाईन प्रेस मिटमा पत्रकारहरुका प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन्।

एक पत्रकारले सेयर धितोकर्जामा लगाईएको ४/१२ करोडको सिमामध्ये ४ करोडको सिमा हटाई १२ करोड बनाउनुमा राजनीतिक दवावले काम गरेको हो कि के हो भन्ने सोधेकोमा सो को जवाफ दिँदै उनले राष्ट्र बैंकको पोलिसी लचकदार हुने र सबैतिरबाट आएको फिडब्याकलाई समेटेर राष्ट्र बैंकले नीति बनाउने हुँदा अहिलेको आवश्यकता अनुसार ४ करोडको सिमालाई हटाईएको बताए। 

साथै उनले अहिले राष्ट्र बैंकले केहि कसिलो नीति लिएको भएतापनि स्थिति अलिकति सहज हुनेबितीकै पोलिसी परिवर्तन हुने पनि बताए।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको