साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । माैद्रिक नीतिकाे सकारात्मक प्रभाव बजारमा देखिएकाे छ । नेप्सेमा राैनकता छाउँदा लगानीकर्ता उत्साहित छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ विन्दुमा पुगेकाे छ । नेप्से ३.०३ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १२.०९ अंकले बढेर ३९८.३३ विन्दुमा पुगेकाे छ ।
कूल २१९ वटा कम्पनीकाे ६४ लाख २३ हजार एक सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७३ करोड ९ लाख २७ हजार २ सय ९७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।
आइतबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३९ कराेड ७१ लाख ३१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पस फाइनान्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे ।
यस दिन १० प्रतिशत एनएमबी डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य १.५२ प्रतिशतले घटेर ९ सय रूपैयाँ १० पैसामा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस