आज (साेमबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि वृद्धि भएकाे छ । नेप्सेमा राैनकता छाउँदा लगानीकर्ता उत्साहित छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५४.४५ अंकले बढेर २१३२.९६ विन्दुमा पुगेकाे छ । नेप्से २.६२ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ९.०५ अंकले बढेर ४०७.३८ विन्दुमा पुगेकाे छ ।
कूल २१४ वटा कम्पनीकाे ९९ लाख ४४ हजार ४८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९ सय ४१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।
साेमबार शिवम् कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १५ कराेड २९ लाख २५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज ७ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस्तै, अन्य ५ वटा कम्पनीकाे सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।
यस दिन ९.५ % मञ्जुश्री फाइनान्स डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ५.८७ प्रतिशतले घटेर ८ सय ८४ रूपैयाँ ८० पैसामा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस