Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको सर्वेक्षण भन्छ आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत हुन्छ

अर्थ संसार

सोमबार, ०९ साउन २०७९, १५ : ५६ मा प्रकाशित

राष्ट्र बैंकको सर्वेक्षण भन्छ आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत हुन्छ

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले नेपालमा आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने बताएको हो ।

आगामी तीन महिना १४ प्रतिशतले मूल्य बढ्ने अनुमान सर्वेक्षणको छ । त्यस्तै आगामी एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति १३.५ प्रतिशत हुने अनुमान गरिएको छ ।

नेपाल राष्ट्र बैंकले, आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । यस सर्वेक्षण २०७९ असार २० देखि असार २७ (जुलाई ०४ देखि ११ जुलाई, २०२२) सम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसंग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको थियो । प्रस्तुत परिणामहरू ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित छन् । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २१० थप व्यक्तिहरू थपिएको राष्ट्र बैंकले जनाएको छ ।

मुद्रास्फीति सर्वेक्षणको दस्तावेज हेर्न यहाँ क्लिक गर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको