Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूले राष्ट्र बैंकबाटै पाए १४ प्रतिशत ब्याज, तरलता अभावमा कस्तो प्रभाव पर्ला ?

अर्थ संसार

मंगलबार, १० साउन २०७९, १३ : ३८ मा प्रकाशित

बैंकहरूले राष्ट्र बैंकबाटै पाए १४ प्रतिशत ब्याज, तरलता अभावमा कस्तो प्रभाव पर्ला ?

बैंकहरूले राष्ट्र बैंकबाटै १४ प्रतिशतसम्म ब्याजदर पाएका छन् । किनकी राष्ट्र बैंकले निष्कासन गर्ने ट्रेजरी बिलकाे ब्याज १४ प्रतिशतसम्म पुगेकाे छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकदर बढाउने निर्णय गरेकाे थियाे । त्यसैकाे फलस्वरूप ट्रेजरी बिलको ब्याजदर बढेको हाे । राष्ट्र बैंकले साउन १० गतेको लागि जारी गरेको ट्रेजरी बिलमा बैंकहरूले अधिकतम १२.२४ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याजदर माग गरेका छन् । 

राष्ट्र बैंकले हिजाे २८ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गरेकाे थियाे । उक्त ट्रेजरी बिल भदाै ७ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ९१ दिनकाे अवधिकाे लागि १३ अर्ब ६० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गरेकाे थियाे । उक्त ट्रेजरी बिल कार्तिक ८ गते परिपक्क हुनेछ । 

साेही ट्रेजरी बिल बैंकहरूले १२.२४ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याजमा खरिद गरेका हुन् । उच्च दरले बैंकिङ प्रणालीमा तरलताको तीव्र अभावको सङ्केत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको