Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक ९ प्रतिशतले बढ्दा एउटै कम्पनीको मूल्य ४५ प्रतिशतसम्मले बढ्यो, कुनको कति ?

अर्थ संसार

मंगलबार, १० साउन २०७९, १५ : ३९ मा प्रकाशित

नेप्से परिसूचक ९ प्रतिशतले बढ्दा एउटै कम्पनीको मूल्य ४५ प्रतिशतसम्मले बढ्यो, कुनको कति ?

लामो समयदेखि नकारात्मक भएको नेप्से केही दिनदेखि सकारात्मक लयमा फर्किएको छ । असार २७ गतेसम्म १९१५.६१ को विन्दुमा रहेको नेप्से परिसूचक आज साउन १० गतेसम्ममा ९ प्रतिशतले बढेर २०८८.१६ को विन्दुमा पुगेको हो । योबीचमा आज मंगलबार मात्र नेप्सेमा ठूलो करेक्सन आएको हो ।

यो १३ कारोबार दिनमा नेप्से परिसूचक १६९.५५ अंकले वृद्धि भएको छ । १३ कारोबार दिनमा १० दिन नेप्से उकालो लागेको छ भने ३ दिन नेप्सेले ओरालो यात्रा तय गरेको हो । नेप्से परिसूचक ९ प्रतिशतले बढ्दा कतिपय कम्पनीहरुको सेयरमूल्य ४० प्रतिशतको हाराहारीमा बढेको देखिन्छ । 

यो १३ दिनमा नेप्सेमा सर्वधिक सेयरमूल्य बढ्ने कम्पनीहरुमा फाइनान्स समूहका कम्पनीहरुकै बाहुल्यता देखिन्छ । यो अवधिमा सबैभन्दा बढी सेयरमूल्य बढ्ने १० कम्पनीहरुमध्येमा ७ कम्पनी फाइनान्स समूहका छन् भने एक हाइड्रोपावर समूह र २ माइक्रोफाइनान्स समूहका कम्पनी छन् । 

यो अवधिमा मल्टिपर्पस फाइनान्सको सेयर मूल्य सबैभन्दा बढीले वृद्धि भएको छ । असार २७ गते प्रतिकित्ता २२८ रुपैयाँमा कारोबार भएको यो कम्पनीको सेयरमूल्य मंगलबारको अन्तिम कारोबार समयसम्ममा ४५.६१ प्रतिशतले वृद्धि भएर ३३२ रुपैयाँ प्रतिकित्ता पुगेको छ । 

अन्य समूहका कम्पनीहरुको तुलनामा फाइनान्स समूहका कम्पनीहरुको चुक्ता पूँजी कम भएकाले यो समूहका कम्पनीहरु लगानीकर्ताहरुको रोजाईमा पर्ने गर्छन् । लो क्यापका कम्पनीहरुलाई सजिलै खेलाउन सकिने भएकाले पनि कतिपय समूहहरु योजनाबद्ध रुपमा नै यस्ता कम्पनीहरुमा खेल्ने गरेको पाइन्छ । 

यी हुन् १३ दिनमा सर्वाधिक सेयर मूल्य बढ्ने १० कम्पनीहरु : 

62dfbcc496138.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको