Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ काे इकाई बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?

अर्थ संसार

बुधबार, ११ साउन २०७९, ११ : १० मा प्रकाशित

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ काे इकाई बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?

ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको र ग्लोबल आइएमई क्यापीटल लिमिटेडको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्यूचुअल फण्ड अन्तर्गतको योजना "ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१" को इकाई बाँडफाँड गरिएकाे छ ।

कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक र योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये १३ दशमलव ५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाइ कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई तथा १ दशमलव ५० प्रतिशत १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई सुरक्षित राखी बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे थियाे । 

उक्त फण्डमा आवश्यक भन्दा कम इकाईको लागि आवेदन प्राप्त भएको छ।

निष्कासन अवधिमा जम्मा ६० हजार ७ सय १९ जना आवेदकहरुबाट ८ कराेड ४५ लाख ८९ हजार ७ सय ६० इकाईको लागि आवेदन प्राप्त भएकोमा आवश्यक परिक्षण र रुजु पश्चात् ५६ जना आवेदकहरुले १३ हजार ४ सय इकाईको लागि दिएको आवेदन दोहोरो/तेहोरो रहेकाले उक्त आवेदनहरुलाई रद्द गरी रीतपूर्वक आवेदन दिने ६० हजार ६ सय ६३ जना आवेदकहरुबाट प्राप्त भएको ८ कराेड ४५ लाख ७६ हजार ३ सय ६० इकाई बाँडफाँट लागि योग्य रहेको देखिएकोले १०० इकाईदेखि १ कराेड २० लाख इकाईसम्म आवेदन दिने ६० हजार ६ सय ६३ जना आवेदकलाई आज साउन ११ गते बुधबारका दिन बिहान ९:०० बजे योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापीटलको रजिष्टर्ड कार्यालय नक्साल, काठमाण्डौंमा नियमन निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा माग बमोजिमको इकाई बाँडफाँड गर्ने कार्य सम्पन्न गरिएको छ ।

बाँडफाँडको नतिजा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंक लि.को वेभसाइट: www.globalimebank.com, योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि.को वेभसाइट: www.globalimecapital.com तथा सिडिएस एण्ड क्लियरिङ्ग लि.को वेभसाइटः iporesult.cdsc.com.np र meroshare.cdsc.com.np राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको