Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबारको कारोबार बन्द गर्ने तयारीमा नेप्से

अर्थ संसार

आइतबार, १५ साउन २०७९, ११ : ३२ मा प्रकाशित

शुक्रबारको कारोबार बन्द गर्ने तयारीमा नेप्से

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शुक्रबारका दिन हुने सेयर कारोबारलाई बन्द गर्ने तयारी गरेको छ । नेप्सेको जेठ २५ गते बसेको सञ्चालक समिती बैठकले असार १ गतेदेखि धितोपत्रको दोस्रो बजार आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर नेप्सेको उक्त निर्णयको सर्वत्र विरोध भएपछि पूनः उक्त निर्णयलाई सच्च्याउने तयारीमा नेप्से छ । केही दिन अघि नेपाल धितोपत्र बोर्डले समेत नेप्सेलाई शुक्रबारको कारोबार बन्द गराउन निर्देशन दिएको स्रोतको दाबी छ । 

‘नेप्सेले अहिले शुक्रबारको कारोबार बन्द गर्न लगानीकर्ताहरुको साथ खोजिरहेको छ’ स्रोतले भन्यो ‘अब एक्कासी कुनै आधार बिना कसरी कारोबार बन्द गर्ने भन्ने अन्योलतामा नेप्से छ तर केही दिनमा औपचारिक रुपमा शुक्रबारको कारोबार बन्द गर्ने निर्णय आउने पक्का हो ।’ 

विगतमा नेपाल सरकारले जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आईतबारदेखि शुक्रबारसम्म सेयरको दोस्रो बजार कारोबार खुलाउने निर्णय गरेको थियो तर सरकारले पूनः असार १ गतेदेखि लागु हुने गरी आईतबारका लागि दिएको सार्वजनिक बिदा कटौती गर्यो त्यसपछि नेप्सेको जेठ २५ गते बसेको सञ्चालक समिती बैठकले असार १ गतेदेखि धितोपत्रको दोस्रो बजार आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । 

नेप्सेले शुक्रबार कारोबार खुलाउने निर्णय केहि स्वार्थ समूहको हितमा गरेको भन्दै लगानीकर्ताहरु चर्को विरोध समेत गरेका थिए ।

यो पनीः शुक्रबारको कारोबार: नेप्सेले सिमित समूहको स्वार्थमा निर्णय गर्यो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको