Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटल १० वर्ष पूरा, ल्यायाे लगानीकर्तालाई यस्ता अफर

अर्थ संसार

आइतबार, १५ साउन २०७९, ११ : २५ मा प्रकाशित

एनआईबिएल एस क्यापिटल १० वर्ष पूरा, ल्यायाे लगानीकर्तालाई यस्ता अफर

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ्ग तथा इन्भेष्टमेन्ट बैंकिङ्ग क्षेत्रमा सेवा प्रदान गर्दै आएको १० वर्ष पूरा भएको छ । आफ्नो १० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १८८ कम्पनीको IPO तथा विभिन्न कम्पनीको हकप्रद सेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ । यस क्यापिटल हाल ५१ कम्पनीको सेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ ।

क्यापिटल योजना व्यवस्थापक रही “एनआईबिएल म्युचुअल फण्ड“ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्क भई आफ्नो इकाईधनीहरुलाई रकम समेत फिर्ता गरिसकेको छ । साथै नयाँ बन्दमुखी योजना "NIBL Growth Fund" नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।

कम्पनीले ७०० भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ३ लाख ग्राहकलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकवर्गलाई मेरो शेयर सेवा समेत प्रदान गर्दै आइरहेको छ । 

आजकै दिन १० वर्ष पूरा गरेको अवसरमा यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै ग्राहकवर्गलाइ लक्षित गरी निम्न योजनाहरु ल्याएको छ :

- Demat को वार्षिक नविकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निशुल्क नविकरण 

- रु १० मा Market Expert

- व्यवस्थित लगानी योजना Systematic Investment Plan(SIP) को धन्यवाद अफर (लगानीकर्ताहरुमध्येबाट १० जना भाग्यशालीहरुलाई रु १०,००० बराबरको इकाई प्रदान गरिने र यो भाग्यशाली विजेताहरुको छनोट गोलाप्रथाद्वारा Facebook Live मार्फत गरिने)

- SIP मा दर्ता हुने बालबालिका लाई आकर्षक उपहार प्रदान गरिने (Basket of Happiness)

यो योजना साउन १५ गतेदेखि साउन २५ गतेसम्मको लागि लागू हुने यस क्यापिटलले बताएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको