Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र निर्माणमा लाग्नुपर्ने युवाको आकर्षण "सट्टेबाजी"

धिरज पौड्याल

सोमबार, १६ साउन २०७९, १२ : ३६ मा प्रकाशित

राष्ट्र निर्माणमा लाग्नुपर्ने युवाको आकर्षण "सट्टेबाजी"

पछिल्लो समय नेपालमा मात्र नभई विश्वभरि नै सट्टेबाजी मौलाउँदै गएको छ। नेपालमा त पछिल्लो समय सट्टेबाजीको जालोमा यसरी युवाहरुलाई अकर्षण गरिरहेको छ कि आम्दानीको मुख्य र सहज स्रोत नै सट्टेबाजी हो। 

आज भोलि सामाजिक सञ्जाल स्क्रोल गर्दा सट्टेबाजी सम्बन्धी एडहरु छरपष्ट छन् र युवा लक्षित युट्युब च्यानलहरुमा यस सम्बन्धी एडहरु चलाइरहेका छन् । “उनीहरूले आजको युवालाई टार्गेट गर्दा राष्ट्रको भविष्यमाथि नै सट्टेबाजी गराई रहेका छन्।”

सट्टेबाजी कम्पनीहरु अवैध रुपमा सेवाहरु सञ्चालन गरिरहेका छन् र यसको प्रचार प्रसार गराउन सामाजिक सञ्जाल इन्फ्लुयन्सरहरुलाई प्रेरित गराई रहेका छन र सरकारले अवैध प्रचार प्रसार गैरकानुनी घोषणा गरेको भएता पनी यसको नियमन गरिरहेको छैन ।

अध्ययनका अनुसार बच्चाहरूले सट्टेबाजी गर्ने यती धेरै कन्टेन्ट उपभोग गरिरहेका छन् जसका कारण निकटतम् भविष्यमा उनीहरू यसबाट अछुतो रहन नसक्ने अध्यनको दाबी छ । ब्रिटेनका १.४ मिलियन नागरिकले सट्टेबाजीको असर भोगी रहेका छन् । सट्टेबाजीमा लागेका महिलाहरुमध्ये ४० % महिलाहरुले मानसिक स्वास्थ्यमा समस्या भोगिरहेको बताएको छ। 

युवाहरुमा सट्टेबाजी प्रतिको आकर्षण बढ्दै जाँदा यसले युवालाई थप गैरजिम्मेवार बनाई रहेको छ । साथै युवा अवस्थाको रचनात्मक मनोविज्ञानमा नकारात्मक प्रभाव परिरहेको छ । बानेश्वरको एउटा चिया पसलमा चिया खाई रहेका युवाहरु,“सट्टेबाजी गर्ने एप वानएक्स बेट इन्स्टल गरेको पहिलो दिननै खेलमा बाजी लगाएर ६००० कमाइँदो रैछ थप कार्य किन गर्नुपर्यो” उनीहरू बीचको यो संवादले सट्टेबाजीप्रति युवाहरुको धारणालाई प्रष्ट पार्छ। 

सट्टेबाजीलाई सट्टेबाजी किन भनिन्छ भने लंग टर्ममा त्यसको प्रतिफल नेगेटिभमा हुन्छ, सट्टेबाजीमा लागेका कतिपय व्यक्तिहरू केही समयमानै सबै सम्पत्ति गुमाएको र मनोवैज्ञानिक असरका आत्महत्या सम्म गरेका उदाहरण हरुपनि प्रष्ट छन।

अध्ययनका अनुसार सट्टेबाजीमा जति समय व्यतीत गर्यो त्यसको लत झन् बढ्दै जाने हुँदा झन् भन्दा झन् आकर्षित हुने गर्दछन् साथै वेटिङ प्रयोजनका लागि खुलेका सफ्टवेयर हरुले सट्टेबाजिको लत लाग्ने समयसम्म राम्रो प्रतिफल दिने गर्दछन् तर समयान्तरमा त्यसलाई पूर्ण रूपमा हटाउने र आफ्नो गोजीको पैसा थप गरी सट्टेबाजी गर्न प्रेरित गर्ने गर्दछन् जसका सट्टेबाजले दीर्घकालीन रूपमा भने नाफा भन्दापनि मनोवैज्ञानिक रोगको सिकार बन्न पुग्छन्। 

अध्ययनको अनुसार दीर्घकालीन समयमा यसबाट लागेर नाफा कमाउन सफल भए भन्ने न्यून मात्रामा हुन्छ तर यसमा लाग्न प्रेरित गर्ने र एफिलिएसन गर्नेहरूले अरु फसेपछि पैसा कमाउने हुँदा उनीहरू भने थप प्रेरित गर्ने गर्दछन्।

अनौपचारिक अर्थतन्त्र चलायमान हुने देशहरूमा अवैध सट्टेबाजिले थप समस्या निम्त्याई रहेको छ र राष्ट्रको अर्थतन्त्रलाई आन्तरिक रूपमा खोक्रो बनाई रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको