Like us!
Follow us!
Connect us!
Watch us!

लोकप्रिय क्रिप्टोकरेन्सी बिटकोइनको मूल्यमा सुधार : १ महिनामा २१.२४% वृद्धि

अर्थ संसार

मंगलबार, १७ साउन २०७९, १३ : ३७ मा प्रकाशित

लोकप्रिय क्रिप्टोकरेन्सी बिटकोइनको मूल्यमा सुधार : १ महिनामा २१.२४% वृद्धि

लोकप्रिय क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य पछिल्लो १ महिनामा २१.२४%ले सुधार भएको छ । जुन १ मा १९२३७.२६ अमेरिकी डलरमा रहेको बिटकोइनको मूल्य अगस्ट १ मा ४०८६.०६ अमेरिकी डलरको वृद्धिका साथ १३३२३.३३ अमेरिकी डलरमा आएको हो। 

गत १ महिनाको अवधिमा बिटकोइनको मूल्यमा पहिलो हप्ता २४०० को वृद्धि भएको थियो भने दोश्रो साता १०००को गिरावट आएको थियो, तेश्रो साता २५०० को वृद्धि र चौथो साताको पहिलो ४ दिन २००० को गिरावट आएको थियो तर महिनाको अन्तिममा पुनः २५०० को वृद्धि भएको थियो।

यो हप्ता बिटकोइनको मूल्यमा ८.१९% को सुधार भएको छ। यो साता प्राय सबै क्रिप्टोकरेन्सीहरुको मूल्यमा सकारात्मक सुधार देखिएको छ। अधिकांश क्रिप्टोकरेन्सीको मुखमा यो साता ९ देखि १२% सम्म वृद्धि भएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको