Like us!
Follow us!
Connect us!
Watch us!

आईपीएल : २० कराेड भारूकाे पुरस्कार पछाडि लुकेकाे कराेडाैँ डलरकाे व्यवसाय

धिरज पौड्याल

बुधबार, १८ साउन २०७९, १४ : ०२ मा प्रकाशित

आईपीएल : २० कराेड भारूकाे पुरस्कार पछाडि लुकेकाे कराेडाैँ डलरकाे व्यवसाय

आईपीएलमा टिम २० करोड भारुको पुरस्कार जित्न सयौँ करोड खर्च गर्छन् । 

इन्डियन प्रिमियर लिग ( आईपीएल ) विश्वको सवैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हो। सन् २००८ मा भारतीय व्यवसायी ललित मोदीको योजनामा सुरु भएको हो । २००७ मा पहिलो टी २० विश्वकप आयोजना हुँदै थियो जसमा क्रिकेट तर्फका धेरै व्यवसायिक अवसर देखे। सुरुवातमा मुम्बई, दिल्ली, हैदराबाद, कलकत्ता, बैंगलोर, राजस्थान, पंजाब लगायतका टीम थिए। 

आईपीएलको पन्ध्रौं संस्करण केही महिना अगाडि सम्पन्न भएको छ। हरेक वर्ष आयोजना हुने आईपीएलले भारतीय क्रिकेट बोर्डलाई विश्वको सवैभन्दा ठूलो क्रिकेट बोर्ड बन्न सहयोग गर्यो र सुरुवातदेखि नै भारतको जीडीपीमा राम्रो योगदान दीई रहेको छ।

करिब १५ वर्षको अवधिमा आईपीएलको वार्षिक व्यवसायिक वृद्धि दर २४% रहेको छ र बिसिसिआईको नेटवर्थ १४००० करोड पुगेको छ । सामान्य रूपमा हेर्दा आइपिएलको पुरस्कार राशि २० करोड रहँदा टिमहरू किन सयौ करोड खर्च गर्न तयार छन्। आइपिएलका टिमले खेलाडी खरीदमा अधिकतम ९० करोड भारु खर्च गर्न पाउँछन् साथै टिमको अन्य विज्ञहरु तथा व्यवस्थापन खर्चको हिसाब गर्दा अर्को १०० करोड खर्च हुन जान्छ । यसरी हेर्दा एउटा संस्करणमा २०० करोड बढीको खर्च हुन जान्छ। 

आईपीएलको चौधाैँ संस्करणमा ८ टीम रहेको थिए तर पन्ध्रौं संस्करणमा २ टीम थप्ने निर्णय बिसिसिआईले लिएको थियो । आईपीएलको पन्ध्रौं संस्करणका लागि थपिएका नयाँ २ टीम लखनऊ र एहेमदाबादबाट थिए जसकाे मूल्य ७००० करोड र ५००० रहेको थियो। 

आईपीएलमा हाल १० टीम आवद्ध छन् जसको नेटवर्थ करोडौं अमेरिकी डलरमा रहेको छ। आइपिएल तथा टिमले प्रसारण, प्रयोजन, स्ट्रिम लगायतका माध्यमहरूबाट अधिकांश आम्दानी गर्दछ। 

आइपिएलको शीर्षक प्रयोजन टाटाले पन्ध्रौं संस्करणमा ३३५ करोडमा किनेको थियो र अन्य प्रायोजकको मूल्यबाट राम्रो आम्दानी गरेको हुन्छ साथै टिभी राइट २३५७५ भारुमा बिक्री भएको थियो भने डिजिटल राइट २०५०० मा बिक्री भएको हो र यो आम्दानी बिसिसिआई र आइपिएल टिमहरू बीच ५०-५०% मा बाँडफाँड हुन्छ ।

टीमहरुले आम्दानी आफ्नो टीम ब्रान्ड बाट पनि गर्ने गर्दछन्। उनीहरूको टिममा आबद्ध व्यवसाय-ब्रान्ड, तथा उनीहरूको विज्ञापन बापत टिमले आम्दानी गर्ने गर्दछ साथै आइपिएलमा देखाइने प्रत्यक्ष तथा अप्रत्यक्ष प्रचार सामाग्री उनीहरूको आम्दानीको स्रोत हो। मेर्चेन्डाइज सेल तथा खेलको टिकटको बिक्रीबाट पनि टिमहरुले राम्राे आम्दानी गरिरहेको छन्। 

आइपिएल सञ्चालन भएको दशक केही टिमहरु नाफामा चल्न सकेनन् तर त्यसलगत्तै टिमहरूको भ्यलुएसन् १०० करोड अमेरिकी डलर बढी छ, साथै टिमको आम्दानी औषतमा ३०-४० करोड अमेरिकी डलरमा छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको